काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन्।
बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले संकटकाल घोषणा गर्न समेत माग गरे।
'रुलिङ गरेर झारा टार्ने र कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्र पुग्दैन', उनले भने, 'त्यसैले म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु। सरकार यसरी मुकदर्शक बनेर बस्न मिल्दैन। संकटकालको घोषणा गरेर अघि बढ्नुपर्छ। 'डेंगु नियन्त्रणमा सरकार कुम्भकर्णको निद्रामा सुतेको उनले आरोप लगाए।
'यत्रो ठूलो विरोध र आक्रोश देख्दा पनि खालि रुलिङ गरेर मात्र पुग्दैन। स्वास्थ्यको जिम्मा लिएर बस्नुभएका मन्त्रीजी कहाँ हुनुहुन्छ? अब त प्रधानमन्त्री पनि स्वदेशमा आइसक्नुभयो। यतिबेला चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल ठोकेर र सत्तापक्षका साथीहरुले विरोध जनाएर मात्रै पुग्दैन। दुई तिहाइको सरकार हो यो। यतिबेला गर्न नसकेको, सुशासन दिन नसकेको कसले दिनसक्छ?', उनले प्रश्न गरे।