काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार काउन्सिलको तीन वटा सदस्यका लागि जीता बराल, डा तारा शाह र कृष्णकुमारी सुवेदी विजयी भएका छन्।
सार्वजनिक मत परिणाम अनुसार बरालले १२ सय १६, डा शाहले १४ सय ९१ र सुवेदीले १२ सय ५७ मत ल्याएका छन्।
काउन्सिलमा रिक्त रहेको सदस्य पदका लागि भएको निर्वाचनमा २५ प्रतिशत मतदान भएको बताइएको छ।
करिब १३ हजार मतदाता रहेको निर्वाचनमा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम धनकुटामा मत खसेको स्रोतले जानकारी दिएको छ। शनिबार देशभरका १४ स्थानमा बिहान ८ बजेदखि साँझ ५ बजेसम्म मतदान भएको थियो। सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको बताइएको छ।

