काठमाडौँ– संविधान दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा नि:शुल्क दिने निर्णय गरेको छ।
असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने उद्देश्यले मन्त्रालयले ओपिडी टिकट नि:शुल्क गर्ने निर्णय गरेको हो।
मन्त्रालयले सुचना निकाल्दै सम्पूर्ण संङघीय अस्पतालहरु तथा स्वास्थ्य संस्थालाई टिकट नि:शुल्क उपलब्ध गराउँन आग्रह गरेको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।