काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी परिषदले रिक्त रहेका ४ सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको छ। काउन्सिलका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्वाचन गर्ने निर्णय गरेको हो।
परिषदको ऐन अनुसार हरेक ३ वर्षमा निर्वाचन हुनु पर्ने हो। तर, १६ वर्षसम्म अघि निर्वाचन भएपछि काउन्सिलमा निर्वाचन मार्फत आउनु पर्ने ४ जना बोर्ड सदस्य रिक्त छ।
काउन्सिलका रजिष्ट्रार दीपक भट्टका अनुसार बोर्डमा चुनाव मार्फत निर्वाचित भइ आउने ४ जना सदस्यका लागि निर्वाचन गर्ने निर्णय भएको हो। काउन्सिलको बोर्ड १३ सदस्यीय छ। जसमध्ये ४ जना निर्वाचन मार्फत आउनु पर्ने हुन्छ। १३ सदस्यमध्ये एक वर्षदेखि नेपाल स्वास्थ्य प्राविधिक संघको सिफारिसमा नेपाल सरकारले पठाउने ३ सदस्यको पद पनि खाली छ।