काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन पत्र पाइसकेका कर्मचारीको गुनासो सुन्ने भएको छ।
मन्त्रालयले बिहीबार सूचना जारी गर्दै समायोजनसम्बन्धी कुनै गुनासो भए असोज १७ गतेसम्म प्रमाण, आधार र कारणसहित निवेदन दिन सक्ने जानकारी गराएको हो।
यसको लागि गुनासो व्यवस्थापन तथा सहजीकरण समिति गठन भएको मन्त्रालयले जनाएको छ।

यसअघि निवेदन दिएका कर्मचारीले पनि तोकिएको अवधिमा पुनः निवेदन दिन सक्नेसमेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह/उपसमूहका विभिन्न तह र पदका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिसकेको छ।
अब समायोजनका लागि पत्राचार गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी मन्त्रालयले गराएको छ।