काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा आयोगले काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षाको नतिजामा भएको त्रुटिका विषयमा छानबिन गर्न विश्वविद्यालयलाई निर्देशन दिएको छ।
आयोगले परीक्षाका विषयमा गुनासो आएपछि सत्यतथ्य बाहिर ल्याउन र दोषिलाई कारबाही गर्न निर्देशन दिएको हो।
केयूले प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै संशोधन गरेर दोस्रोपटक नतिजा प्रकाशित गरेको थियो। विद्यार्थीहरुले परीक्षाको नतिजामा लापरबाही भएको भन्दै छानबिनको माग राख्दै आइरहेका छन्। उनीहरुले नतिजा प्रकाशनका क्रममा आर्थिक चलखेल भएको आरोप पनि लगाएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।