काठमाडौं- नेपाल नर्सिङ एसोसिएसनले नर्स रोशनी शाहीको घटनाप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ। गत आइतबार नर्स शाहीको पूर्वसभामुख कृष्णबहादुर महरासँगको जोडिएको घटना बाहिर आएको थियो।
एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै निष्पक्ष छानविन गर्न माग गरेको छ। संघको विज्ञप्तिमा भनिएको छ,‘उक्त विवादास्पद घटनाको छानविन गरी सत्यतथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ।’

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।