चितवन – चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)का बिरामी, डाक्टर, नर्स र कर्मचारीहरुले अस्पतालमा एकसाथ दसैं मनाएका छन्।
उपचाररत बिरामी र ड्युटीमा रहेका कर्मचारी, डाक्टर र नर्सहरुलाई दसैं नरमाइलो नलागोस् भनेर एकसाथ दसैं मनाउने परम्परा सुरु गरेको अस्पतालको अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेले बताए।
अस्पतालको सर्जरी वार्डमा उपचारत ८४ बर्षिय बिरामी तुलमान पाख्रिनको हातबाट टिका थाप्दै अस्पतालमा दसैं मनाउन सुरु गरिएको थियो। उनले कोही पनि विरामी नहुन् र सबैले खुसी देख्न पाउन भनि शुभकामना दिए।
अस्पतालमा कार्यरत डा. रोहित त्रिपाठीले यस पटक आफ्नो टिका नभएपनि बिरामीहरुसँगै दसैं मनाउन पाउँदा खुसीले लागेको प्रतिक्रिया दिए।
नर्स अस्मिता पोख्रेरलले आफ्नो हजुरआमा बितेको कारण दसैं मनाउन नभए पनि बिरामी र साथीहरु अस्पतालमा दसैं मनाएको देख्दा रमाइलो लागेको बताइन्। नर्स सुनिता आचार्य घरमा गएर टिका लगाउन नपाए पनि बिरामीहरुको सेवा गर्दै दसैं मनाउन पाउँदा खुशी लागेको बताइन्। बिरामी विनोद मगरले दसैं अस्पतालमा मनाउँदा अस्पताल घरजस्तै लागेको बताए।
फोटो फिचर
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)