काठमाडौं- संसद सचिवालयकी एक महिलामाथि बलात्कार प्रयासको अरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।
महानगरिय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई उच्च रक्तचापले सताएपछि नर्भिकमा भर्ना गरिएको हो। हिरासतमा नै रहँदा स्वासप्रस्वासमा समस्या आएपछि प्रहरीले हिरासतमै अक्सिजनको व्यवस्था गरेको थियो। तर, समस्या बढ्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ।
महरालाई मधुमेहको समस्या समेत छ।
नर्भिक अस्पतालले भने उनको स्वास्थ्य जाँच भइरहेको भन्दै थप जानकारी दिएको छैन।
प्रहरीले बा१८च ४०० नम्बरको रातो कारमा हिरासतमा यसरी ल्याएको थियो महरालाई