काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद सदस्यमा डा सन्तोष पौडेल नियुक्त भएका छन्।
न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा पौडेललाई रिक्त रहेको सदस्य पदमा नियुक्त गरेका हुन्। डा पौडेललाई नियुक्त गर्न न्याम्सका उपकुलपति प्राडा डिएन साहले नाम सिफारिस गरेका थिए।
६ सदस्यीय कार्यकारी परिषादको निर्णयपछि मात्र न्याम्सक कार्यक्रम तथा योजना सञ्चालन हुनेछन्।