हुम्ला– ताजाँकोट गाउँपालिका–३ चौतारीबाडास्थित एक सुत्केरीको साल अड्कीएपछि हेलिककप्टरबाट उद्धार गर्नु परेको छ। ३९ वर्षीय सुत्केरी रुपशिला दमाईको चौबिस घन्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार १ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनलाई सुर्खेत प्रदेश अस्पताल लगिएको मैला स्वास्थयचौकीका अहेव लिलाराज शर्माले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई र ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लको पहलमा प्रदेश अस्पतालमा लगिएको हो।
सुत्केरी भएर साल अडकिएपछि उच्च रक्तश्रावले अचेत अवस्थामा रहेकी दमाईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पठाएको हेलिकप्टरबाट सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन्।
पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाई उद्धार गरेर धेरैको ज्यान जोखिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ।