काठमाडौं- चीनमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज वुहानतर्फ उडेको छ। वुहानलगायतका स्थानमा रहेका नेपालीको उद्धारका लागि डाक्टरसहितको १७ सदस्यीय टोली लिएर जहाज उडेको हो।
निगमको वाइडवडी ३३० जहाज दिउसो २ः४५ बजे वुहानतर्फ प्रस्थान गरेको हो। पाकिस्तानी पाइलट यावर कमलको नेतृत्वमा टोली वुहान उडेको हो।
टोलीमा पाइलट कमलसहित पाइलट मोहम्मद आरिफ, कोपाइलट सुनिल श्रेष्ठ, ६ जना विमान परिचारिका, २ जना प्राविधिक इन्जिनियर, एकजना डिस्पाचर, एकजना लोडमास्टर र चारजना नेपाली सेनाका डाक्टर रहेका छन्।
चीनका विभिन्न सहरमा रहेका नेपाली नागरिकलाई वुहानमा भेला गराई नेपाल ल्याइने छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत् त्यहाँका १ सय ८० नेपालीको शनिबार उद्धार गर्न लागिएको हो।