काठमाडौं- सरकारले आयोडिनको महत्वबारे जनचेतना जगाउन फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ। युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ।
आयोडिनको कमीले हुने विकृतिसम्बन्धी जनचेतना जगाउन साल्ट ट्रेडिङ्ग कर्पोरेसनले विभिन्न कार्यक्रम गर्दै आयोडिन महिना मनाउने जनाएको छ।
फेब्रुअरी महिनलाई आयोडिन महिनाका रुपमा मनाउने क्रममा कर्पोरेसनले आयोडिनको कमीबाट शरीरमा हुने कमजोरीबारे जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने छ।
कार्यक्रमहरुमा कर्पोरेसनले जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायसँग समन्वय गरी कार्यक्रमहरु गर्ने छ।
पाँच वर्ष मुनिका ९४ दशमलव ५ प्रतिशत बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने गरेको पाइएको छ।