काठमाडौं – बंगलादेशमा मेडिकल विषय अध्ययनरत नेपाली विद्यार्थीले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
बंगलादेश भ्रमणमा रहेका मन्त्री ज्ञवालीलाई त्यहाँ अध्ययनरत विद्यार्थीले आफ्ना समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।
उनीहरुले विद्यार्थी भिसा एक्सटेन्सनमा अनियमितता भएको, सम्बन्धित निकायले नेपाली विद्यार्थी भर्नाका लागि कलेजको मापदण्ड नतोकिएको र बंगलादेश सरकारले उपलब्ध गराउने छात्रवृत्तिका बारे स्पष्ट नभएको गरी तीन बुँदे समस्या प्रस्तुत गरेका छन्।
देशमा व्यवस्थित चिकित्सा शिक्षा प्रणाली नहुँदा आफुहरु अध्ययनका लागि विदेशिन बाध्य भएको उनीहरुले बताएका छन् । करीब ५ हजार बढी नेपाली अध्ययनका लागि बंगलादेशमा पुगेको पत्रमा उल्लेख गरिएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘देशमा व्यवस्थित चिकिसा शिक्षा प्रणाली नहुँदा आफनै देशमा पढ्ने चाहना हुँदा पनि प्रत्येक वर्ष हजारौ संख्यामा विदेशिन बाध्य हुने गरेका छन्।’
