काठमाडौं- नेपाल आयुर्वेद चिकित्सा काउन्सिलद्वारा लिइएको आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा ५९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
ब्याचलर अफ आयुवेर्दिक मेडिसिन एण्ड सर्जरी (बीएएमएस) को फागुन ३ गते लिइको परीक्षामा ३९ विद्यार्थी सहभागि थिए। जसमा २३ जना विद्यार्थी मात्र उतीर्ण भएका हुन्।
काउन्सिलले गत वर्षदेखि लाइसेन्स परीक्षा अनिवार्य गरेको थियो। लाइसेन्स परीक्षामा सहभागि हुन ६ महिना इन्टर्नसिप पुरा गरेको हुनुपर्छ।
नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत २ कलेज र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत तीन वटा कलेजमा बीएएमएस कार्यक्रम सञ्चालन हुँदै एको छ।
लाइसेन्स परीक्षा अनिवार्य हुनु अघि काउन्सिलमा दर्ता हुने व्यवस्था थियो। २०४५ हालसम्म आयुर्वेद चिकित्सा परिषद् मा ७२९ जना आयुर्वेद चिकित्सक दर्ता छन्।
यसअघि एमबिबिएस सरहको बिएमएस उतीर्ण विद्यार्थीले काउन्सिलमा नाम मात्र दर्ता गरी चिकित्सकीय अभ्यास गर्न पाउने व्यवस्था थियो।
तर, आयुर्वेद चिकित्सको परीक्षा नदिई दर्ता प्रमाणपत्र दिँदा गलत अभ्यास पनि भइरहेको गुनासो बढेको थियो। काउन्सिलले २०७६ मा बिएएमएस पढेका चिकित्सकको परीक्षा दिने निर्णय गरेको थियो।
अहिले स्नातक तह परीक्षा सुरु भएको र आगामी दिनमा स्नातकोत्तर तहको पनि दर्ता परीक्षा सुरु हुने बताइएको छ।