काठमाडौं- भारतको अहमदाबादमा रहेको अर्थोपेडीक अस्पताल शाल्बीले आफ्नो सेवा नेपालमा पनि विस्तार गर्ने तयारी गरेको छ।
स्थापनाको २५ औं वर्षको अवसरमा शाल्बी अस्पतालले नेपालमा पनि सेवा विस्तार गर्ने तयारीका विषयमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। सेवा विस्तारका लागि विभिन्न अस्पतालहरुसंग छलफल भइरहेको अस्पतालका अस्पतालका निर्देशक डा भरत गज्जरले जानकारी दिए।
उनले भने, ‘नेपालमा पनि सेवा विस्तार गर्ने हाम्रो योजना हो। यहाँ अस्पताल बनाउने नभई विभिन्न अस्पतालसंग सहकार्य गरेर सेवा दिने उद्देश्य हो।’
नेपालबाट पनि उपचारका लागि आउने गरेको शाल्बी अस्पतालका वरिष्ट अर्थोप्लास्ट सर्जन डा कल्पेश शाहले बताए। अस्तालले विगत २५ वर्षमा १ लाख १० हजार सर्जरी गरेको जनाएको छ।
नेपाली बिरामीलाई अति विशिष्ट स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निःशुल्क तालिम, अस्पतालको क्षमता वृद्धिका लागि प्रविधि लगानीको लागि समेत इच्छुक भएको डा गज्जरले बताए। शाल्बी अस्पतालमा २ हजार भन्दा बढी शय्या र ५ सय भन्दा बढी चिकित्सक छन्।