काठमाडौं – काठमाडौंमा पेट रोग विशेषज्ञ (ग्याष्ट्रोइन्टेरोलोजिष्ट)हरुको एक दिने सम्मेलन भएको छ। ग्याष्ट्रोइन्टेरोलोजीको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र खोजका बारेमा जानकारी दिन सम्मेलनको आयोजना गरिएको हो।
सम्मेलनमा ग्याष्ट्रोइन्टेरोलोजीको क्षेत्रमा भएका विभिन्न अध्ययन र नयाँ प्रविधिका बारे छलफल तथा जानकारी आदान प्रदान गरिएको वीर अस्पतालका पेट रोग विशेषज्ञ डा भूपेन्द्र बस्नेतले जानकारी दिए।
वीर अस्पतालले आयोजना गरेको सम्मेलनमा नेपाल र भारतका गरी १ सय २० जना प्रतिनिधि सहभागी थिए।
डा बस्नेतका अनुसार सम्मेलनमा २० वटा कार्यपत्र प्रस्तुत भएका थिए। जसमध्ये ७ वटा कार्यपत्र भारतका चिकित्सकले प्रस्तुत गरेका थिए।