काठमाडौं- स्पार्क हेल्थ होम अस्पतालले आफ्नो २८औँ वार्षिकोत्वको अवसरमा क्यान्सरका बिरामीलाई १ लाख बराबरको सहयोग गरेको छ।
अस्पतालले लाामो समयदेखि रक्त क्यान्सरबाट ग्रसित पत्रकार कमल पौडेल र १२ वर्षदेखि स्पार्कको कार्यालय सहयोगीका रुपमा कार्यरत काजी महर्जनलाई सहयोग गरेको हो।
आइतबार वार्षिकोत्वको अवसर पारेर अस्पतालले एक कार्यक्रम गरी १ लाख बराबरको चेक पौडेलका परिवारलाई हस्तान्तरण गर्नुका साथै विगत ४ महिनादेखि पेटको क्यान्सर रोगी महर्जनलाई अस्पतालले २५ र अस्पतालका घरधनीले २५ गरी ५० हजार बराबरको रकम हस्तान्तरण गरेको हो।
वार्षिकोत्सवको औपचारिक कार्यक्रम कटौती गरी सहयोग गरेको अस्पतालले जनाएको छ।
अस्पतालले हरेक वार्षिकोत्सवमा जस्तै यस वर्ष पनि ओपिडी र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा ४२ जनाले रक्तदान र १०२ जनाले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ।