काठमाडौं- सानेपास्थित स्टार अस्पताल र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सहकार्य भएको छ। रोटरी दिवसका अवसरमा अस्पताल र रोटरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
स्टार अस्पतालका तर्फबाट अध्यक्ष किशोर कुमार महर्जन तथा प्रबन्ध निर्देशक डा शैल रुपाखेती र रोटरीका तर्फबाट डिस्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठ र डिस्ट्रिक्ट गभर्नर इलेक्ट राजिव पोखरेलले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त अवसरमा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पु¥याउने उद्धेश्य अनुरुप स्टार अस्पतालसँगको सहकार्य महत्वपूर्ण हुने बताए।
स्टार अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का सदस्य तथा सदस्यका परिवारलाई उपचार खर्चमा छुट प्रदान गर्ने तथा विभिन्न सामाजिक कार्यहरुमा दुवै संस्था सहकार्य गरि अघि बढ्ने विषयमा सम्झौता भएको बताए।
कार्यक्रममा रोटरीद्वारा इतिहासविद सताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरीनुका साथै अस्पतालको तर्फबाट उनलाई निःशुल्क हेल्थ प्याकेज प्रदान गर्ने जानकारी समेत दिइएको छ।
उक्त अवसरमा अस्पतालले जनरल फिजिसियन तथा हाडजोर्नी रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध गराएको थियो।