बुटवल- नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।
अधिवेशनले कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा भिष्म केसी, सचिवमा उदयराज भट्टराई, प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिंह, दीपेन्द्र भण्डारी र सदस्यहरूमा क्रमशः आकाश पन्त,अर्जुनप्रसाद पौडेल,हरिप्रसाद ज्ञावाली,जानकी नेपाल,कमल बहादुर थापा मगर, युवराज बन्जाडे र भगवती अर्याल चयन भएका छन्।
सो साधारण सभा तथा अधिवेशनलाई शुभकामना दिन प्रदेश नं ५ का सांसद एवं अर्थ पर्यटन र उद्योग समिति सभापति दधिराम न्यौपाने पुगेका थिए । यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य विशिष्ठ अतिथिको रुपमा त्यहाँ पुगेका थिए ।
यस्तै बालरोग बिशेषज्ञ डा. सन्तोष पोखरेल, रोटरी क्लब अफ तिनाउका संस्थापक अध्यक्ष देवी वाग्ले, रक्त सञ्चार सेवा बुटवलका गोपाल प्रसाद ढकाल र लायन्स क्लब डिष्ट्रिक २ नेपालका आम्बेस्डर अफ गभर्नर कपिल आचार्यको समेत उपस्थिति थियो ।