जाजरकोट- पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्या बढी देखिएको छ।
जाजरकोटकाे भेरी र नलगाड नगरपालिकामा विहिबार र शुक्रबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा आएका मध्ये ७० प्रतिशत महिलामा मानसिक स्वास्थ्य समस्या देखिएको हो।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी नेपाल) ले स्थानिय तहसंगको समन्वयमा संचालन गरेको मानसिक स्वास्थ्थ शिविरमा १ सय २७ व्यक्तिमा मानसिक स्वास्थ्य उपचार सेवा पाएका छन्।
मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीेको शिविरमा उपचारका लागि आएका मध्ये ३८ जना डिप्रेसन, २८ जनामा छारे रोग, २७ जनालाई चिन्ताजन्य समस्या र १५ जनामा कडा खालको मानसिक समस्या देखिएको छ। अन्य १० जनालाई विकृत तनाव रहेको उनले बताए।
विकृत तनाव, डिप्रेशन तथा चिन्ताजन्य समस्या भएका व्यक्तिहरुलाई मनोपरामर्श सेवा दिइएको थियो।