पोखरा- नेपाल चिकित्सक संघको तीन दिने राष्ट्रिय सम्मेलन सकिएको छ। पोखरामा बिहीबार, शुक्रबार र शनिबार चलेको सम्मेलनमा देशभरका करिब ५ सय चिकित्सक सहभागि थिए।
नेपाल चिकित्सक संघले आयोजना गरेको २८औं अखिल नेपाल चिकित्सक सम्मेलन मणिपाल मेडिकल कलेजमा सञ्चालन भएको थियो।
सम्मेलनको औपचारिक सुरुवात गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए। सो अवसरमा उनले डाक्टर तथा स्वास्थ्यकर्मीको तलब एक लाखसम्म पु¥याउनु पर्ने बताएका थिए। उद्घाटन कार्यक्रमकै अवसरमा चिकित्सक संघको नव निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले नेतृत्व हस्तान्तरण गरेको थियो।
तीन दिने सम्मेलनको पहिलो दिन नवनिर्वाचित कार्यसमितिको पदस्थापनसँगै संघीय प्रणालीमा नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका चुनौची, अवसर र समाधानका उपायका विषयमा छलफल चलेको थियो। यस्तै दोस्रो र तेस्रो दिनमा नेपाल तथा विदेशका चिकित्सकले विभिन्न विषयमा छलफल गरेका थिए।
तीन दिने सम्मेलनमा उठेका विषयलाई संकलन गरेको संघले सरकारको नीतिगत सुधारका लागि सुझाव दिने छ।
सम्मेलन पोखरामा ३२ वर्षपछि भएको हो। यसअघि २०४४ सालमा पोखरामा सम्मेलन भएको थियो। हरेक तीन÷तीन वर्षमा संघको राष्ट्रिय सम्मेलन हुँदै आएको छ।



