काठमाडौं- सुरक्षित चिकित्सक न्यायोचित सेवा सुविधाको नारा सहित आज देशभर नेपाली चिकित्सक दिवस मनाइँदै छ।
नेपाली डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघ स्थापना भएको दिन फाल्गुन २० मा दिवस मनाउने गरिन्छ। यो ७० औं दिवस हो।
दिवसका अवसरमा नेपाल चिकित्सक संघका नवनिर्वाचित कार्यसमितिले चितवन शाखाको सहयोगमा चितवनमा कार्यक्रम गरेको छ। दिवसका अवसरमा चितवनस्थित मानव सेवा आश्रममा फलफुल वितरण गरिएको छ।
यस्तै दिवसका अवसरमा सुरक्षित चिकित्सक न्यायोचित सेवा सुविधाका विषयमा अन्तरक्रिया समेत गरिएको छ। कार्यक्रमको संयोजन संघका केन्द्रिय अध्यक्ष डा लोचन कार्की, उपाध्यक्ष डा अनिल विक्रम कार्की र चितवन शाखाका अध्यक्ष डा प्रकाश खतिवडाले गरेका हुन्।
दिवसका अवसरमा चितवनमा डा ऋषिकान्त अधिकारी र डा नरेन्द्रकुमार सिंहलाई सम्मान गरिएको छ।
दिवसका अवसरमा चितवनमा प्रभातफेरि समेत भएको छ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)