काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संस्कृति,पर्यटन तथा नागरिक उड्यनन मन्त्री योगेश भट्टराई टिचिङ अस्पताल पुगेका छन्।
मन्त्री भट्टराई साँझ पाँच बजे अस्पताल पुगेका हुन्। उनले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे चिकित्सकसँग जिज्ञासा राखेका छन्। प्रधानमन्त्री ओलीको बुधबार बिहान ९ बजे दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ।