काठमाडौं- बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य तथा सर्वाङ्गिण विकासमा कार्यरत नर्सहरुको संस्था पेडियाट्रिक नर्सेस एसोसिएसनले स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।
फागुन १८ देखि २२ सम्मको लागि साताव्यापी कार्यक्रम घोषणा गरिएको संघकी अध्यक्ष अप्सरा पाण्डेले जानकारी गराइन्।
साताव्यापी कार्यक्रम अन्तर्गत १६ देखि १८ गतेसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट वकालत गरिएको थियो ।
त्यस्तै सोमबार बसुन्धरास्थित फिलोसोफिस्का स्कुलमा बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो। शिविरमा नर्सरीदेखि ४ कक्षासम्म अध्ययनरत ४७ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो।
परीक्षण कार्यक्रममा बालरोग विशेषज्ञ डा रामहरि चापागाईं, बालरोगको क्षेत्रमा क्रियाशील नर्सहरु अप्सरा पाण्डे, शोचना सापकोटा, भारती शर्मा, नारायणी लामिछाने, शारदा अर्याल, मनकेशरी महर्जन, भगवती कालिकोटे, आजन्ता महर्जन र आकृति श्री लगायत सहभागी थिए।
मंगलबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा बालसुरक्षा सम्बन्धी कार्यशाला आयोजना गरिएको २७ जनाले सहभागिता जनाएका थिए।
बुधबार प्रसूति गृहमा जाँच गराउन आउने गर्भवतीहरुलाई स्तनपान परामर्श दिने कार्यक्रम रहेको छ। एसोसिएसनले २१ गते पोखरामा बालसुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी गर्ने भएको छ।
अभियानको अन्तिम दिन २२ गते चाइल्ड प्रोटेक्सन रिकोक्निजेसन एन्ड प्रोपोराइजेज (सिपिआरआर) नामक तालिम कार्यक्रम राखिएको आयोजकले जनाएको छ।