काठमाडौं– कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेपलिज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)ले काठमाडौंमा दुई दिने वैज्ञानिक सम्मेलन गर्ने भएको छ।
नेस्कमले बुधबार र बिहीबार होटल र्याडिसनमा वैज्ञानिक सम्मेलन गर्न लागेको कार्यक्रम संयोजक डा पुष्पाञ्जली अधिकारीले जानकारी दिइन्।
‘संघीयतामा दृढ स्वास्थ्य प्रणाली : कम्युनिटी मेडिसिन विज्ञको भूमिका’ शिर्षकमा हुने उक्त सम्मेलनलाई नेपाल मेडिकल काउन्सिलले ९.७५ क्रेडिट पोइन्ट प्रदान गरेको छ। सम्मेलनलाई दुई वटा वैज्ञानिक सेसनमा विभाजन गर्नुका साथै १७ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएका छन्।
नेपाल र अन्य देशका विज्ञको सहभागिता हुने उक्त वैज्ञानिक सम्मेलनमा करिब २ सय जनाको सहभागित हुने सम्मेलनका अध्यक्ष डा गजानन्द प्रकाश भण्डारीले जानकारी दिए।
प्रिकन्फ्रेन्स सम्पन्न

वैज्ञानिक सम्मेलनको पूर्वसन्ध्यामा नेस्कमले काठमाडौं विश्वविद्यालय धुलिखेलमा प्रिकन्फ्रेन्स गरेको छ। इम्प्लिमेन्टेसन साइन्स सम्बन्धि विज्ञहरु डा राजेन्द्र कोजु, डा बिराजमान कार्माचार्य, डा अर्चना श्रेष्ठ, डा प्रज्वल प्याकुरेल, डा दिपेश ताम्राकार, डा सूर्य पराजुली, डा आभा श्रेष्ठ, डा सुजाता सापकोटा, डा रजनी शाक्य, डा सत्या श्रेष्ठ, डा पुष्पाञ्जली अधिकारी, डा गम्भीर श्रेष्ठ लगायतले उक्त प्रिकन्फ्रेन्समा सहजीकारण गरेका थिए।
६० जनाको सहभागिता रहेको उक्त प्रिकन्फ्रेन्स तालिम कार्यक्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, काठमाडौं विश्व बिद्यालय स्कुल अफ मेडिकल साइन्सेस, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस भरतपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्सिङ, जनस्वास्थ्यकर्मी र फार्मेसीविज्ञको सहभागिता थियो।
नेपाल मेडिकल काउन्सिलले४.७५क्रेडिट पोईन्ट प्रदान गरेको उक्त तालिम कार्यक्रमलाई ट्रेन नेपालले सहयोग गरेको थियो।