काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामनाका गर्दै विभिन्न राष्ट्र प्रमुखहरुले सन्देश पठाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भुटान, जापानका प्रधानमन्त्री, बंगलादेशका राजदुतहरुले शुभकामना सन्देश पठाएका हुन्।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सुर्य थापाले प्रत्यारोपण भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न राष्ट्र प्रमुखले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै शुभकामना सन्देश पठाएको जानकारी दिए।
उनले प्रधानमन्त्रीको प्रत्यारोपण प्रक्रिया सफल भई पुनः थप उर्जाको साथ निर्वाचनमा सुम्पेको जनदिशा पुरा गर्न फर्किने सन्देश दिएको भन्दै सबैलाई स्वास्थ्यलाभको कामना गर्न आग्रह गरे।