काठमाडौं– मिर्गौला फेल भएका दुई बिरामीलाई दक्षिण कोरियामा संकलित रकम हस्तान्तरण गरिएको छ।
रामेछाप लिखुतामाकोसी गाँउपालिकास्थित रातमाटा घर भएका लोक बहादुर क्यापछालाई सहयोग रकम हस्तान्तरण गरिएको हो। २६ वर्षिय क्यापछाका विगत २ बर्ष देखि दुवै मिर्गाैला फेल भई उपचाररत छन्।
मिर्मृगौला पिडित क्यापछाको निदान हस्पिटलमा डायलाइसिस हुँदै आएको छ। अस्पतालले मिर्गौला प्रत्यारोपण गर्नका गर्न सुझावसहित अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा रिफर गरेको छ।
मिर्गौला प्रत्यारोपणका लागि आर्थिक हैसियत कमजोर भएका क्यापछाको परिवारले आर्थिक सहयोगको अनुनय गरेको थियो।
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पहलमा जम्मा भएको ५० हजार रुपैयाँ क्यापछाको उपचारमा सहयोग पुग्ने गरि हस्तान्तरण गरिएको छ।
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पहलमै संकलन गरिएको थप ५० हजार अर्का मृगौला पिडितलाई पनि सहयोग गरिएको छ। संस्थाका उपाध्यक्ष सुजन श्रेष्ठ, सल्लाहकार मेगराज खडका, हिरा लामा संस्थापक सल्लाकार बिदुर खडका लगायतले कारसिंङ तामाङलाई समेत सहयोग हस्तान्तरण गरेका छन्।
रामेछाप लिशुतामाकोशी–५ का ५० वर्षिय मृगौला पिडित तामाङलाई उपचार सहयोगका लागि ५० हजार हस्तान्तरण गरिएको हो।