काठमाडौं- एयर केयर नेपालले स्टार हस्पिटल सानेपा ललितपुरसँगको सहकार्यमा वृहत् सांगीतिक कार्यक्रम आयोजना गरेको छ।
पाटन दरबार स्क्वायर परिसरमा आयोजित कार्यक्रममा संगीतको माध्यमबाट कानको रोग तथा यसका रोकथामका सम्बन्धमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले गीत-संगीतको माध्यमबाट जनचेतना फैलाउन सहयोग पुर्याउने कलाकारलाई हस्पिटलले उपचार खर्चमा ५० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेका थिए।
कार्यक्रममा एयर केयर नेपालका अध्यक्ष डा मिलन महर्जनद्वारा लिखित कानसम्बन्धी गीत लोकार्पण गरिएको थियो। एयर केयर नेपालले आर्थिक रुपमा कमजोर भएका स्कुले बालबच्चाहरुको कानको उपचार स्टार हस्पिटलमा गर्दै आइरहेको छ।