काठमाडौं- नेपालका एनेस्थोसियोलोजिष्ट डाक्टरहरुको संस्था सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सोसाइटीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दे प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएकोमा खुसी व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको हो।
‘प्रधानमन्त्रीज्यूको शल्यक्रियामा एनेस्थेसिया विभागका एनेस्थेसियोलोजिष्ट चिकित्सकहरुले नेपालमा उपलब्ध आधुनिक औषधि, उपकरण र दक्ष जनशक्तिको प्रचुर मात्रामा प्रयोग गरी सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्नमा विशेष योगदान पुर्याउनु भएकोमा उहाँहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।’
