फाइल तस्बिर
काठमाडौं - सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचन तथा साधारण सभा स्थगित भएको छ। कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि सरकराले सभा सम्मेलन तथा भेटघाटका काम नगर्न निर्देशन दिएको छ।
सोही निर्देशन अनुसार गोदानको निर्वाचन समितिले निर्वाचन कार्यक्रम अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको प्रमुख निर्वाचन अधिकृत डा रुद्र मरासिनीले जानकारी दिए।
निर्वाचन चैत ८ गते गर्ने भनिएको थियो।
