मोरङ - मंगलबारे अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा सुरु भएको छ। अस्पतालले सुनिता दुलालको शल्यक्रिया गरेर सकुशल बच्चा निकालेको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा योगेश कुमार मण्डलका अनुसार यो सेवा अब निरन्तर हुने छ। यसअघि शल्यक्रिया सेवा नहुँदा गर्भवतिले अन्यत्र जानु पर्ने बाध्यता थियो।
डा रोजी बखाडयो, डा मण्डल, रामनारायण दहैत, प्रविन पाख्रिन, नर्स अनिता पन्दाक, अनमी नर्वदा श्रेष्ठ र शोभना राई लगायतको टिमले उक्त सेवा दिएको हो।
अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत सुत्केरी सेवा सुरु भएपछि सांसद घनश्याम खतिवडा, स्थानीय जनप्रतिनिधीले अस्पतालको निरीक्षण गरेका थिए।