काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीलाई संसदमा सम्मान गर्न एक सांसदले माग गरेका छन्। सांसद झपटबहादुर रावलले यस्तो माग गरेका हुन्।
स्वदेशमै प्रत्यारोपण गराएर चिकित्सा क्षेत्रको हौसला प्रदान गर्ने प्रधानमन्त्री ओली, उनलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौला र उपचारमा संलग्न चिकित्सा क्षेत्रका व्यक्तित्वलाई संसदले धन्यवाद दिनुपर्ने उनले बताए। उनले भने, ‘उहाँहरुको नाममा धन्यवाद प्रस्ताव पास गर्नुपर्छ।’
स्वेदशका चिकित्सकप्रति प्रधानमन्त्री ओलीले देखाएको भरोसा गर्व गर्न लायक रहेको बताउँदै उनले सफलता पूर्वक प्रत्यारोपण गर्ने चिकित्सकले आम नेपालीको मन जितेको बताए। भने, ‘सवैलाई संसदमा बोलाएर कदर पत्र दिनुपर्छ।’