काठमाडौं– सरकारले माक्स र स्यानिटाइजर अभाव बढदै गएपछि भन्सारमा छुट दिने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र स्यानिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलसँगै अनुरोध गर्ने समेत जनाएको छ।
अहिले बजारमा माक्स र स्यानिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको र अब यसलाई निरन्तरता दिने जनाएको छ।
बजारमा अहिले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।
मेडिकल माक्सको अभावसँगै कपडाको माक्स व्यापारीले समेत कालोबजारी सुरु गरिसकेको छन।