काठमाडौं— नेपाल नर्सिङ काउन्सिलको २४औं नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५ हजार १६ नर्स तथा मिडवाइफ सहभागी हुँदैछन्।
आज काठमाडौंको चार परीक्षा केन्द्रमा हुने परीक्षामा पहिलो पटक ८ जना मिडवाइफले परीक्षा दिनेछन्। परीक्षा उतीर्ण गरेपछि उनीहरु काउन्सिलमा पहिलो मिडवाइफ नर्सका रुपमा दर्ता हुनेछन्।
आर्मी स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ, सिद्धार्थ वनस्थली स्कुल, भानुभक्त मावि पानीपोखरी र शिवपुरी मावि बालुवाटारमा परीक्षा केन्द्रमा तोकिएको छ।
हालसम्म नर्सिङ काउन्सिलमा ९० हजार ९०९ नर्स दर्ता छन्। जसमध्ये ५६ हजार ४०५ नर्स, ३३ हजार ६६० अनमी र ८४४ विदेश छन्।