काठमाडौं- कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेप्लिज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)मा नयाँ कार्यसमिति चयन भएको छ।
नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राडा लोचना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
यो नेस्कमको दोस्रो कार्यसमिति हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्राडा अभिनव वैद्य (काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पताल), उपाध्यक्षमा उपाधक्ष्यमा असिस्टेन्ट प्रोफेसर डा प्रनिल मान सिंह प्रधान (त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल), सचिवमा डा दिपेश ताम्राकार (काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस), सहसचिवमा असिस्टेन्ट प्रोफेसर डा सूर्य पराजुली (विराट मेडिकल कलेज शिक्षण अस्पताल) र कोषाधक्ष्यमा डा आभा श्रेष्ठ (काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस) चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा डा दिपक यादव (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा प्रज्ज्वल प्याकुरेल (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा पुष्पाञ्जली अधिकारी (काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस), डा गम्भिर श्रेष्ठ (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल), डा मोना शर्मा (नेपाल सी आर एस कम्पनी), डा निश्चल ढकाल (नेपाल मेडिकल कलेज शिक्षण अस्पताल) र डा लिला पौडेल (नेपाली सेना स्वास्थ्य बिज्ञान प्रतिष्ठान) रहेका छन्।
यसैगरि निवर्तवान अध्क्षयमा प्रोफेसर डा निलाम्बर झा (बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान) रहेका छन्।