ओखलढुंगा- ओलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चार दिन नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कादुरी एग्रीकल्चर एड स्एसोसिएसन ब्रिटिश गोर्खाज नेपालको सहयोगमा शिविर सञ्चालन भएको हो।
यही फागुन १८ देखि २१ गतेसम्म भएको शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा हरिविक्रम अधिकारीको टिमले ३३ जनाको मोतिविन्दको सफल शल्यक्रिया गरेका थिए।
यसका साथै उक्त नि:शुल्क शिविरमा नाक, कान, घाँटी, दन्त रोग तथा स्त्रीरोग समेत विभिन्न विशेषज्ञद्वारा १ हजार ६ सय जनाले सेवा दिएका थिए।
