फाइल तस्बिर
काठमाडौं - नेपाल रक्ततदाता समाजले विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत रहन अनुरोध गरेको छ। समाजले भाइरसको संक्रमणका विषयमा सरकारले जारी गरेको सुरक्षाको उपायहरु अपनाउन पनि आग्रह गरेको छ।
समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले यो समयमा रक्तदानका विषयमा ८ बुँदे अपिल समेत गरेका छन्।
यी हुन् ८ बुँदे अपिल
१. रक्तदान कार्यलाई नियमित निरन्तरता दिने।
२. रक्तदान गर्न जाँदा भिडभाडबाट टाढा रहने।
३. सकेसम्म रक्तसञ्चार केन्द्रमै पुगि रक्तदान गर्ने।
४. रक्तदान कार्यक्रम आयाेजकहरूले रक्तदाताहरूलाई र कार्यक्रममा सहभागीहरूबीच रक्त संकलन शिविरमा भिड हुनबाट जाेगाउने।
५. रक्त परिचारिकाहरूले एक स्वयंसेवी रक्तदातासँग प्रयोग गरिएकाे डिष्पाेजिवल ग्लाेबलाई अर्को स्वयंसेवी रक्तदातालाई पुन: प्रयोगमा नल्याउने।
६. रक्त संकलन शिविरमा प्रचूर मात्रामा पानीको प्रयाेग गर्न दिने।
७. रूघाखाेकीकाे शंका लागेका व्यक्तिहरूलाई रक्त संकलन शिबिरमा सहभागी हुनबाट जाेगाई आवश्यक उपचारकाे लागि सल्लाह दिने।
८. रक्त संकलन शिविरलाई स्वच्छ र सफा राख्न कुनै किसिमको कसर बाँकी नराख्ने।