काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ। उनलाई सरुवा गरेर विराटनगर महानगरपालिकमा पठाइएको छ।
सहसचिव पोखरेल स्वास्थ्यमा आएको डेढ महिना पनि पुगेको छैन। उनलाई शिक्षा मन्त्रालयबाट स्वास्थ्यमा सरुवा गरिएको थियो।
तर स्वास्थ्यबाट पनि सरुवा गरेर विराटनगर पठाइएको छ।
उनलाई स्वास्थ्यमा जनसंख्या महाशाखाको जिम्मा दिइएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरेलको ठाँउमा सहसचिव शैलजा रेग्मी भट्टराईलाई पठाइएको छ।