रुपन्देही- प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने गरिएकाे छ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले सङ्घीय सरकारले प्रदान गरेको रु १० करोड विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए।
उनले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भइ आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताए। स्वास्थ्यकर्मीलाई तालीम तथा विभिन्न २६ प्रकारका सामग्री सो सेन्टरलाई उपलब्ध गराइने बताइएकाे छ।
प्रदेश स्वास्थ्य तालीम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्या ५७ प्रतिशत रहेकोे जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।