काटमाडौं- नेपाल हेल्थ कर्प्स र सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स नेपालको सहाकर्यमा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरुले कोरोना भाइरस जनचेतना महाभियान सुरु गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत विद्यार्थीबाट सुरु भएको यो अभियानमा उक्त प्रतिष्ठानमै अध्यनरत नर्सिङका विद्यार्थी हुँदै देशव्यापी रुपमा विद्यार्थीको सहभागिता बढ्न थालेको छ।
सोही क्रममा मिति २०७६ फागुन २८ गते बुधबार माछापुच्छ्रे बैंकको आर्थिक सहयोगमा प्रणाभनन्द आश्रम, गुवेश्वारी, काठमण्डौँ, पशुपति बृद्धाश्रम, गौशाला, हार्टल्याण्ड एकेडेमी, बाफल, काठमाडौं, र निसहाय सेवा सदन, शान्तिनगर, काठमाडौंमा जनचेतनामूलक कार्यक्रम गरिएको छ।
यस्तै फागुन ३० गते शुक्रबार सोम्स नेपाल र जानकी मेडिकल कलेजका विद्यार्थीद्वारा संकट मोचन उच्च माध्यामिक विद्यालय, न्यु लाइफ इंगलिस बोर्डिङ स्कुल / आधार बालबाटिकामा कार्यक्रम गरिएको थियो।
माछापुच्छ्रे बैंकको आर्थिक सहयोगमा पाटन स्वास्थ विज्ञान प्रतिस्ठानका एमबिबिएस तथा नर्सिङका विद्यार्थीद्वारा डिभाइन सर्भिस होम्, गल्फुटार, (वृद्धाश्रम), होप हर्मितेज, गैरीधारा, नक्साल, र मातातिर्थ वृद्धाश्रममा चैत १ गते शनिबार कार्यक्रम गरिएको थियो।
आगामी बुधबार काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा विद्यार्थीको सानोसानो समूह माझ कार्यक्रम गर्ने र उनीहरुलाई समेत प्रयोग गरेर धेरै जनसंख्या माझ सही जानकारी पुर्या उने लक्ष रहेको आयोजकले जनाएको छ।