काठमाडौं – मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा राखिएको स्टेन्ट निकालिएको छ। उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रत्यारोपणका क्रममा उनको पिसाब नलीमा स्टेन्ट राखिएको थियो। उक्त स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली आइतबार त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए।
स्टेन्ट निकालेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमा फर्किसकेको अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले जानकारी दिए।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली भेटभाटमा सक्रिय हुन थालेका छन्। चिकित्सकहरुले भने प्रधानमन्त्री ओलीलाई आराम गर्न सुझाव दिइरहेका छन्।
प्रधानमन्त्री ओली विशेषगरी संक्रमणबाट बच्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन्।
उनको १२ वर्ष अघि पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो।