काठमाडौं - चितवनस्थित रत्ननगर अस्पतालले कोरोना भाइरसलाई मध्यनजर गर्दै ज्वोरोका बिरामीलाई छुट्टै फिबर क्लिनिक सन्चलनमा ल्याउने भएको छ।
सोमबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरी यस्तो निणय गरेको हो।
टोलीले अस्पतालमा तीन शय्याको छुट्टै आइसोलेसन वार्डको व्यवस्था समेत गरेको छ।