काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीहरुलाई तालिम र व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था गर्न अनुरोध गरेको छ।
संघले सबै तहका सरकार एवं सम्पूर्ण सरोकारवाला, व्यक्ती, संघ, संस्थालाई तालिम र सुरक्षा उपकरण व्यवस्था गर्न अनुरोध गरेको हो ।
संघले सोमबार विज्ञप्ती निकाल्दै हेल्थ डेक्स, स्वास्थ्य परिक्षण गर्ने संस्था, स्वास्थ्य चौकी एवं अस्पतालहरु आदि स्थानमा खटिइ सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुलाई माक्स, स्यानिटाइजर र अन्य सुरक्षाका सामग्री व्यावस्था गरिदिन माग गरेको हो। यस्तै स्वास्थ्यकर्मीलाई मर्यादित कार्यस्थल र काम गर्ने वातावरणको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
संघले यस परिस्थितिमा आ–आफ्नो स्थानबाट सहयोग गर्न समपूर्ण जनसमुदायलाई आग्रह गरेको छ।
यसैगरी, संघले कोरोनाका विषयमा भ्रामक जानकारी सामाजिक सञ्जालमा नफैलाउन पनि अनुरोध गरेको छ।
