मंगलबार साँझ ७ : ३० बजेसम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण १ लाख ८८ हजार ३ सय ८७ जनामा देखिएको छ। भाइरसका कारण साँझ साढे ७ बजेसम्म ७ हजार ४ सय ९९ जनाको मृत्यु भइसकेको छ।
यस्तै ८० हजार ८ सय ५४ जना उपचारपछि निको भएका छन्।
मंगलबार विश्वभर कहाँ के भयो?
मलेसियामा कोरोनाका कारण एक जनाको मृत्यु : मलेसियामा कोरोना भाइरसको एक जनाको मृत्यु भएको छ। मलेसिया सरकारले कोरोनाका कारण पहिलो पटक एक जनाको मृत्यु भएको आधिकारिक रुपमा पुष्टि गरेको हो।
नागरिक फिर्ता गर्न नसकेकोमा बहराइनी सरकारको निन्दा : इरानमा रहेका नागरिकलाई स्वदेश फिर्ता गर्न असफल भएको भन्दै बहराइन सरकारको निन्दा भएको छ। इरानमा रहेका बहराइनका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न असफल भएको भन्दै बहराइनमा रहेको मानवअधिकार संगठनले सरकारको निन्दा गरेको हो।
चीनमा क्लिनिकल परीक्षणको लागि खोप स्वीकृत : सत्तारूढ कम्युनिष्ट पार्टीको पिपुल्स डेलीको एक रिपोर्ट अनुसार चीनले नयाँ कोरोनाभाइरस विरूद्ध लड्ने पहिलो खोपमा क्लिनिकल परीक्षणको अधिकार दिएको छ। चीनको सैन्य चिकित्सा विज्ञान प्रतिष्ठानका चेन वीको नेतृत्वमा खोपका विषयमा अनुसन्धान भइरहेको छ।
भियतनाम सरकाले अमेरिका, युरोप र दक्षीण पूर्वी एसियाबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ। यसका साथै भियतनामले विदेशी नागरिकका लागि नयाँ भिसा दिन पनि स्थगित गरेको छ। भियतनाममा हालसम्म ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
इरानको मृत्यु हुनेको संख्या बढेर ९ सय ८८ पुगेको छ।
स्पेनको मृत्यु हुने संख्या बढेर ४ सय ९१ पुगेको छ। स्पेनमा कोरोना भाइरसका कारण १० हजारभन्दा बढी संक्रमित भइसकेका छन्।
लिबियाले हालसम्म कोरोना भाइरसको कुनै पनि घटना भएको रिपोर्ट गरेको छैन। लिबियाले देशमा आउने सबै नाका बन्द गरेको छ। लिबिया प्रभावित देशहरुले घेरिएको राष्ट्र हो।
ल्याटिन अमेरिकाका देशहरुले पनि नाका बन्द गर्ने घोषणा गरेका छन् ।
अष्ट्रियामा १ जनाको मृत्यु। आज थप १९३ जना नयाँ बिरामी फेला परेका छन्।
नर्वेमा ७४ जना नयाँ बिरामी फेला परेका छन्।
रसियामा २१ जना नयाँ बिरामी फेला परेका छन्।
स्विडेनमा ५४ जना नयाँ बिरामी फेला परेका छन्।
सिँगापुरमा २३ जना नयाँ बिरामी फेला परेका छन्।
ब्राजिलमा ६७ जना नयाँ बिरामी फेला परेका छन्।
०००
दिउसो ३ बजेसम्मको अपडेट

फिलिपिन्समा ४५ जनामा नयाँ केस देखिएको छ।
स्विजरल्यान्डमा एक जना नयाँ केस देखिएको छ भने दुई जनाको मृत्यु भएको छ।
इन्डोनेसियामा ३८ जनामा नयाँ केस देखिएको छ।
इष्टोनियामा २० जनामा नयाँ केस देखिएको छ।
कुवेतमा ७ जनामा नयाँ केस देखिएको छ।
लक्जमवर्गमा १३ जनामा नयाँ केस देखिएको छ।
अमेरिकामा ८० जनामा नयाँ केस देखिएको छ भने ७ जनाको मृत्यु भएको छ।
जापानमा ४ जनामा नयाँ केस देखिएको छ।
होन्डुरसमा २ जनामा नयाँ केस देखिएको छ।
भारतमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति दुवईबाट फर्किएका थिए।
पराग्वेमा एक जनामा नयाँ केस देखिएको छ।
अफगानिस्तानमा पनि एक जनामा नयाँ केस देखिएको छ।
थाइल्याण्डमा ३० जनामा नयाँ केस देखिएको छ।
उज्वेकिस्तानमा २ जना नयाँ केस देखिएको छ।
अष्ट्रेलियामा ५१ जनामा नयाँ केस देखिएको छ।
बुल्गेरियामा ५ जनामा नयाँ केस देखिएको छ।
सर्बियामा ८ जनामा नयाँ केस देखिएको छ।
जर्जियामा १ जनामा नयाँ केस देखिएको छ।
न्यूजील्याण्डमा ४ वटा नयाँ केस देखिएको छ।
बंगलादेशमा २ वटा नयाँ केस देखिएको छ।
कजाकिस्तानमा १७ वटा नयाँ केस देखिएको छ।
इजरायलमा ६ वटा नयाँ केस देखिएको छ।
हंगेरीमा ११ वटा नयाँ केस देखिएको छ।
जोर्डनमा ४ वटा नयाँ केस देखिएको छ।
श्रीलंकामा १ जनामा नयाँ केस देखिएको छ।