झापा- नेपाल औषधि व्यवसायी संघ झापाको अगुवाइमा झापाका धरै भीडभाड हुने स्थानहरुमा कोरोना भाइरससम्बन्धी सचेतनामूलक पोस्टर टाँस्ने काम भएको छ।
धेरै भीडभाड हुने यातायात व्यवस्था कार्यालय, रेडक्रस, बस स्ट्यान्ड, जिम क्लब, सामुदायिक तथा निजी विद्यालय, खेल मैदान, वाणिज्य संघ, जेसिज, केही सञ्चार गृह, व्यापारिक प्रतिष्ठान, स्थानीय वडा कार्यालयहरु, जनप्रतिनिधिहरु, क्लिनिक र औषधि पसलहरुमा जिज्ञासा राख्नेलाई छोटो ब्रिफिङ गर्दै पोस्टरिङ गरिएको हो।
संघका झापा महासचिव जीवन खड्का र उपाध्यक्ष प्रदीप खरेलको अगुवाइमा सचेतनामूलक कार्यक्रममा मा औषधि व्यवसायीहरुको साथ रहेको थियो।