काठमाडौं- बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात भएको छ।
क्लिनिकले बुधबारबाट स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था गर्दै आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ।
क्लिनिकको मुख्य उद्देश्य भनेको आफ्नो स्वास्थ्यस्थितिको बारेमा मानिसहरुलाई सचेत गराउने रहेको छ।
यस क्लिनिकको स्थापना २०१९मा भएको थियो। क्लिनिकले रेडियोलोजी र प्याथोलोजी ल्याबसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ। साथै क्लिनिकले बाहिरङ्ग सेवाका साथै विशिष्ट सेवाहरु दिँदै आइरहेको छ।