फाइल तस्बिर
काठमाडौं– नेपाल औषधि उत्पादक संघले सम्पूर्ण उधोगीहरुलाई आफ्ना बजार बिक्रि प्रवद्र्धन (एमआर) कर्मचारीहरुलाई भीडभाड र संक्रमण हुने स्थानमा नपठाउन आग्रह गरेको छ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै विशेष सजगता अपाउन र कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरेको हो। विशेष सजगता अपनाएर कर्मचारीहरुलाई संक्रमणबाट जोगाउन आवश्यक वस्तुहरु उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिन पनि संघले भनेको छ।
संघले कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले यस्तो अवस्थामा औषधिको सहज आपूर्ति गर्नतर्फ पनि ध्यानाकर्षण गरेको छ।
संघले औषधि क्षेत्रमा कार्य गर्ने थोक, खुद्रा लगायत सम्पूर्णलाई यस विषम परिस्थितिमा विशेष सजगता अपनाउँदै आफ्नो दायित्व निर्वाह गर्न पनि विज्ञप्ति मार्फत अनुरोध गरेको छ।
