काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आंशकामा बिहीबार २० जनाको नमूना परीक्षणका लागि संकलन भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बाहिर जिल्लाका विभिन्न अस्पतालबाट परीक्षणका लागि नमूना संकलन भएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले रिपोर्ट आज साँझसम्म आउने जानकारी दिए।
उनले भने, ‘धेरैजसो नमूना काठमाडौंबाट संकलन भएका छन्। यसबाहेक बाहिरी जिल्लाबाट पनि आएका छन्। रिपोर्ट साँझसम्म आउँछ।’