काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आंशकामा बिहीबार २० जनामध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
दुई जनाको परीक्षणको रिपोर्ट शुक्रबार आउने प्रयोगशालाले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बाहिर जिल्लाका विभिन्न अस्पतालबाट परीक्षणका लागि नमूना संकलन भएको थियो।
आजसम्म प्रयोगशालामा विहिबारसम्म ५ सय ४७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।